अधिक मात्रामा फेन्सिडिलसहित एकजना पक्राउ

18-53-19-jh.png

कुचबिहार। अधिक मात्रामा फेन्सिडिलसहित कुचबिहार कोतवाली पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। मंगलबार देर रातको गोप्य सूत्रको आधारमा गत राति कुचबिहार कोतवाली पुलिस र कुचबिहार जिल्ला पुलिसको क्राइम ब्राञ्चले संयुक्त अभियान चलाएर कुचबिहारको धुलाबारी इलाकाबाट उत्तर प्रदेशको नम्बर प्लेट भएको एउटा ट्रक जफत गर्नको साथै ट्रकबाट लगभग २१ हजार बोतल फेन्सिडिल पनि उद्धार गरेको छ।
यसको अनुमानित बजार मूल्य ४२ लाख रुपियाँ रहेको बताइएको छ। पुलिसले यस घटनामा ट्रक चालक अनिल कुमार यादवलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार ट्रक बनारसदेखि दिनहाटा तर्फ गइरहेको थियो भने पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *