खरसाङमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको १३५औँ जन्म जयन्ती पालन

1749904683401

खरसाङ: खरसाङमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको १३५औँ जन्म जयन्ती पालन गरिएको छ। गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा अनि गोर्खा सांस्कृतिक संस्थान खरसाङको सहभागितामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा श्रध्दाञ्जली कार्यक्रमको रुपमा आयोजना गरिएको छ। गोर्खा जनपुस्तकालय र गोर्खा सांस्कृतिक संस्थान् खरसाङको सदस्य -सदस्याहरूको उपस्थितिमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको प्रतिमूर्तिमा धूप दीप प्रज्ज्वलन गरेर उनको स्मृतिमा श्रद्धाफूल अर्पण गरियो।

यसको साथै गोर्खा जातीय विभूति उद्यानमा रहेका गोर्खा जातीय विभूतिहरुलाई पनि धुप दीप प्रज्ज्वलन साथै पुष्पाञ्जली अर्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। यस अवसरमा‌ गोर्खा जनपुस्तकालय र गोर्खा सांस्कृतिक संस्थाको उपस्थित वरिष्ठ सदस्यहरुमा तिलक शर्मा, एलडी मोक्तान, विनोदप्रकाश शर्मा, पारस लामा, ऋषि राई, अरूण लामा, आशा मुखिया लामा, बिजया ब्लोन, मिना मोक्तान, नीतु छेत्री, कल्पना छेत्री, वसुन्धरा शर्मा, गौतम प्रधान, जयराज छेत्री सबैले स्वतन्त्रता सेनानी प्रतिमान लामालाई सश्रद्धा नमन गरी श्रद्धाञ्जली अर्पण गरियो।


स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको जन्म १४ जाुन १८९० मा भएको थियो। प्रतिमानसिंह लामा पहिलो मौलिख उपन्यासकार हुन्। उनको उपन्यासको लागि महाकाल जासुस रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement