सोनादा: हुने बिरुवाको चिल्लो पात भने झैँ असल विद्यार्थी वा महत्वकाङ्क्षी युवालाई बाटोमा दोहोरयाइ रहनु पर्दैन। उनीहरू आफै आफ्नो बाटो बनाएर अघि बढ्छन्। सानै उमेरदेखि असल बानी व्यवहार र मिठो बोली वचन भएकोले सबैको प्यारो रहेको युवा पाल्जर छेवाङ शेर्पा सफलताको पाइलाहरू टेक्दै युपीएससी क्याप एसी २०२४ पाससंगै वायु सेवा ११० मा सहायक कमान्डेन्ट इन सीआइएसएफको वर्ग ‘क’ को ग्जेटेट अफिसरमा चयन भएका छन्। सोनादा प्रशान्ति ग्राम निवासी वरिष्ठ समाजसेवी काजी शेर्पा र निमफुटी शेर्पाका नाति तथा मातापिता रिञ्जी शेर्पा र रिक्को शेर्पाका छोरा पाल्जर छेवाङ शेर्पा सानैदेखि मेधावी छात्र थिए। सोनादा होलिक्रस प्राथमिक पाठशालाबाट आफ्नो शिक्षा शुरु गर्ने पाल्जरले ९२ प्रतिशत अङ्क ल्याएर खरसाङ गोथल्स मेमोरियल स्कूलबाट आईएससी उत्तीर्ण गरे भने उनलेे ९१ प्रतिशत अङ्क ल्याएर दार्जिलिङ सन्त जोसेफ (नर्थ पोइन्ट) बाट स्नातक पूरा गरेका थिए। उनले श्रीराम कलेज अफ् कमर्स युनिभर्सिटी दिल्लीबाट गोल्ड मेडल प्राप्त गरेका थिए। यस सम्बन्धमा परिवार पक्षले खुशी प्रकट गर्दै छोराको उपलब्धि सम्पूर्ण सोनादा क्षेत्रको रहेको बताउँदै शेर्पा प्रोग्रेसिभ समाज नै संस्कारपूर्ण रहेकोले सबै छोराछोरीलाई राम्रो प्रभाव परेको बताए। पाल्जर सानैदेखि मिहिनेती र महत्वकाङ्क्षी रहेकोले पनि उसलाई आज त्यो उचाइमा पुरयाएको बताए। पाल्जरको यस सफलतामा सम्पूर्णले बधाई दिएका छन्। उनको यो सफलतामा परिवारको तर्फबाट पनि बधाई तथा शुभकामना व्यक्त गरिएको जानकारी प्राप्त भएको छ।