मिरिक: मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडको उन्नाइसौं वार्षिक साधरण सभा, विदाई अनि सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भयो। मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडका अध्यक्ष मणिकुमार मालेको अध्यक्षता अनि सचिव एमके योन्जनको संचालनमा भएको कार्यक्रममा प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेड जिल्ला चेयरम्यान सीडी बान्तवा, मिरिक बैंक शाखा प्रबन्धक अणु प्रधान,मिरिक ब्रान्च सुपर भाइजर प्रियङ्का गुरूङ, भूतपूर्व प्रधान अध्यापक पीके स्याङ्बो आदि उपस्थित थिए। कार्यक्रमको पहिलो चरणमा दिवाङ्गत शिक्षक शिक्षिकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट मौन पालनपछि विदाई एंव सम्मान कार्यक्रम भयो। जसमा २०२१ अनि २०२२ मा अवकाशप्राप्त गर्ने शिक्षक शिक्षिकाहरू चन्द्र थापा,पारस घिमिरे, सूर्यमणि घिसिङ अनि मृत्युपछि स्वर्गीय गिडोन थुलुङ राई अनि संजीव तामाङलाई खदा, उपहार, अङ्गवस्त्र र सम्मान पत्र प्रदान गरेर विदाई एंव सम्मान गरियो। सोही कार्यक्रममा भर्खरै जीटीए शिक्षा विभागबाट संवरण कलम जीवन उपलब्धि पुरस्कारले सम्मानित शिक्षक केसाङ लामालाई पनि सम्मान गरियो। यस अवसरमा बोल्दै अवकाशप्राप्त शिक्षक सूर्यमणि घिसिङले भने, ‘हामीलाई दिएको सम्मानप्रति मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडप्रति आभार प्रकट गर्न चहान्छुl हामीले पनि मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडमा धेरै वर्ष कार्य गरेका थियौं। जसले हामीलाई एक अर्कालाई जोडेर राख्न धेरै सहयोग पुगेको छl’ उनले आफ्नो सेवाकालमा विताएका क्षणहरूबारे पनि विस्तृत जानकारी गराए।
कार्यक्रमको दोस्रो चरणमा मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडको उन्नाइसौं वार्षिक साधरण सभा समपन्न भयो। जसमा कार्यालय सचिव एमके योन्जनले मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडले गरिरहेको कार्यहरू बारे विस्तृत जानकारी गराँउदै यसमा अझ नयाँ सदस्यहरू बढाउने बारेमा चर्चा गरे। उनले मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडको कार्य प्रणालीबारे विस्तृत जानकारी गराँउदै यसलाई अझ संगठित भएर दह्रिलो बनाएर लाने आव्हान पनि गरे। उनले २०१९,२०२० अनि २०२१ को अटिड रिपोर्टबारे विस्तृत जानकारी गराँउदै वर्षभरिको नाफा नोक्सानबारे बताए। उनले सभामा वर्ष २०२२ अनि २०२३ को अनुमानित बजट एंव ऋृण सिमा निर्धारण पनि प्रस्तुत गरे। जसलाई सभाले अनुमोदन गरेको छ। अर्का कार्यालय सचिव जेके गोलेले गत वार्षिक सभाको प्रस्ताव पठन र अनुमोदन साथै सचिवको अनुपस्थितिमा सचिवको प्रवेदन पनि पठन गरे। सभामा बोल्दै मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडको मिरिक शाखा प्रबन्धक श्रीमती अणु प्रधानले विगतमा सुकेमा बैंक हुँदा कतिपय समस्या भए पनि मिरिकमा बैंक स्थपना भएपछि मिरिक खण्ड प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडले राम्रो कार्य गरिरहेको बताइन्। उनले बैंकले दिने सहुलियतहरू बारे पनि विस्तृत जानकारी गराइन्। प्राथमिक सहकारी ऋृणदान समिति लिमिटेडको जिल्ला चेयरम्यान सिडी बान्तवाले प्राथमिक सहकारी ऋृणदान समितिको कार्य पद्धति र यसमा जोडिएपछि हुने लाभहरू बारे विस्तृत जानकारी गराए। सभामा अन्तरक्रिया पनि भयो जहाँ उपस्थित शिक्षक-शिक्षिकाहरू सुझाव साथै मन्तव्य प्रकट गरे। सभामा कार्यक्रमका अध्यक्ष मणिकुमार मालेले सभामा सदस्यहरूले गरेको प्रश्नको जवाब, सोसाइटीको कार्यप्रणाली बारे बताएपछि सबैप्रति आभार प्रकट गरे।










