अनुव्रत मण्डलकी छोरीसँग सीबीआई अधिकारीद्वारा सोधपुछ

CBI-4

वीरभूम: पशु तस्करी काण्डमा पक्रा परेका तृणमूल कांग्रेसका वीरभूम जिल्ला अध्यक्ष अनुव्रत मण्डलको घरमा शुक्रबार फेरि सीबीआई अधिकारीहरू पुगेका छन्। यसपटक अनुव्रत मण्डलकी छोरी सुकन्या मण्डललाई सोधपुछ गर्न सीबीआई अधिकारी आएका थिए। सीबीआई टोलीमा एक महिला अधिकारीसहित तीन अधिकारी सोधपुछका लागि आए। धेरै कम्पनीहरूमा निर्देशकको रूपमा सुकन्या मण्डलको नाम सीबीआईलाई प्राप्त भएको समाचार। यसबाहेक बैंकमा उनको नाममा जम्मा भएको एफडीको विषयमा पनि सीबीआई अधिकारीहरूले सोधपुछ गर्नसक्ने सम्भावना रहेको छ।

About Author

Advertisement