कोलकाता: टाला ब्रिज दुर्गा पूजा अघि खोलिने पश्चिम बङ्गालका मन्त्री एवं मेयर फिरहाद हाकिमले बताएका छन्। उनले भनेअनुसार साना सवारीलाई पहिले अनुमति दिइनेछ। पछि, ठूला सवारीहरूलाई अनुमति दिइनेछ। दुर्गा पूजापछि चितपुर पुल तोड्ने काम शुरु हुनेछ। मानिसहरु लामो समयदेखि यो नयाँ पुलको प्रतिक्षामा छन्। ४ लेनको यो ८०० मिटर लामो पुल तयार गर्न कम्तीमा ४६८ करोड रुपियाँ खर्च भएको छ। ३१ जनवरी २०२० मा पुल बन्द गरेर भत्काउने काम शुरु गरिएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले नयाँ पुल उद्घाटन गर्ने सम्हाव्ना रहेको छl सन् २०२० मा टाला ब्रिज ३१ जनवरीको मध्यरातदेखि बन्द गरिएको थियो। त्यसपछि भत्काउने काम शुरु गरियो। नयाँ टाला पुलको काम अगस्त २०२० देखि शुरु भयो। यस पुलमा दुवै तर्फबाट मानिसहरु हिड्ने बाटो पनि बनाइनेछ।










