गान्तोक: योगद्वारा शारीरिक स्वास्थ्य साथै बढावा दिने उदेद्श्यले आज गान्तोकमा आय़ुर्वेद अनुसन्धान संस्था र भारतीय सेनाको व्ल्याक क्याट डिभीजन, जीबी पन्त नेश्नल इन्सटीट्यूट अफ् हिमालयको संयुक्त पहलमा आयोजित तीन दिवसीय योग सचेतना शिविर सफलतापूर्वक समापन भयो। उक्त कार्यक्रम पुरूषवर्गको निम्ति आयोजना गरिएको थियो। जसमा, ९५ जना सेनाका जवानहरूले सहभागिता जनाएका थिए। यस सत्रको नेतृत्व आयुर्वेदका अनुसन्धान अधिकारी डा. लक्ष्मी आरएसले गरेका थिए। डा. अनिमेश सेन र सुनिता मैतीले योग प्रविधिहरूमाथि सहयोग पुऱ्याएका थिए। यस शिविरलाई निरन्तरता दिने क्रममा १२ जूनको दिन ब्ल्याक क्याट डिभिजनको अडिटोरियममा महिला सेनाका कर्मचारीहरू र परिवारका लागि योग शिविर आयोजन गरिएको थियो। उक्त शिविरमा कूल ५६ जना महिला सैनिकले सहभागिता जनाएका थिए।