नाम्चीमा क्यापको जिल्लास्तरीय सभा

IMG-20250613-WA0068

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को नाम्ची जिल्लास्तरीय कार्यकारी समितिको बैठक आज नाम्ची बजारस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकलाई पार्टी अध्यक्ष गणेश कुमार राईले अध्यक्षता गरेका थिए। बैठक अवधि नाम्ची जिल्लाअन्तर्गतका विभिन्न समष्टि स्तरीय कार्यकारी परिषदको साथै भातृ सङ्गठनको विस्तृत रिपोर्ट प्रस्तुत गरियो। यसै अवसरमा विभिन्न परिषदका नवनिर्वाचित नेताहरूलाई नियुक्तिपत्र पनि प्रदान गरियो।
बैठकलाई सम्बोधन गर्दै नाम्ची जिल्ला परिषदका अध्यक्ष डीबी गुरुङले जिल्लामा पार्टीका विभिन्न गतिविधि र साङ्गठनिक अवस्था बारे विस्तृत रुपमा जानकारी गराए। पार्टीले नाम्ची जिल्लामा साङ्गठनिक विस्तारलाई प्राथमकिता दिएर काम गरिरहेको उनले बताए।
आफ्नो सम्बोधनको क्रममा अध्यक्ष गणेश राईले नाम्ची जिल्लाका नवनिर्वाचित विभिन्न परिषदका कार्यकारी सदस्यहरूलाई बधाई दिँदै पार्टीको जग बलियो बनाउन सहकार्य गर्ने आह्वान गरे। उनले पार्टीका सबै नेता अनि कार्यकर्तालाई सिक्किम र सिक्किमवासीको हितलाई सर्वोपरी राखेर काम गर्ने अपील गरेका छन्। सरकारको कुनै पनि गलत नीति र कार्यले राज्यवासीले दुःख र समस्या भोग्न नहुने उनको भनाइ रहेको छ।
बैठकमा पार्टीका शीर्ष नेता अनि धेरै सङ्ख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement