गान्तोक: एपीएफए (अल पाला फूटबल एसोसएशन) इन्टरनेशनल भेट्रन्स फूटबल टुर्नामेन्ट २०२५ आगामी १५ देखि ३० जूनसम्म यहाँको पाल्जोर स्टेडियममा आयोजना हुने भएको छ। एपीएफए र रिजनल टिबिटेन यूथ कङ्ग्रेस, गान्तोकद्वारा आयोजित इन्टरनेशनल भेट्रन्स फूटबल टुर्नामेन्टको यस दोस्रो संस्करणमा भारतका विभिन्न प्रान्त र छिमेकी राष्ट्र नेपालबाट जम्मा २० वटा क्लबले सहभागिता जनाउने भएको छ।
आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एपीएफए-का अध्यक्ष छितेन यशीले जानकारी गराएअनुसार यस टुर्नामेन्टमा ४० वर्षभन्दा माथिका खेलाड़ीहरूले खेल्नेछन्। यस टुर्नामेन्ट आयोजना गरिनुको प्रमुखस उद्देश्य नै ४० कटेकाहरूलाई स्वस्थ जीवनशैली प्रति प्रोत्साहित गर्नु रहेको उनको भनाइ रहेको छ।