धरती आभा अभियान जिल्लास्तरीय समितिको बैठक

IMG-20250613-WA0070

मंगन: धरती आभा जनजातीय ग्राम उत्कर्ष अभियानको जिल्लास्तरीय समितिको एक बैठक आज मंगन जिल्ला प्रशासन केन्द्र्मा सम्पन्न भयो। जिल्लापाल अनन्त जैनको अध्यक्षतामा बसेको बैठकमा ग्रामीण क्षेत्रको समग्र विकासमाथि छलफल भयो। धरती आभा जनजातीय ग्राम उत्कर्ष अभियानअन्तर्गत सञ्चालित विभिन्न योजनाको प्रगति र कार्यान्वयनबारे रणनीतिक तयारीमाथि पनि जोड़ दिएको थियो। समितिले अन्तरविभागीय समन्वयमाथि प्रमुखता दिँदै योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न भावी कार्यनीतिको रूपरेखा प्रस्तुत गर्योख। विशेष गरेर प्रधानमन्त्री जनजाति आदिवासी न्याय अभियानअन्तर्गत धरती आभा अभियान आगामी १५ जूनदेखि ३० जूनसम्म सञ्चालन गरिने उद्देश्यले शुरू गरिएको हो। यस अभियानको मुख्य उद्देश्य जनजाति समुदायलाई योजनाहरुबाट लाभ पुऱ्याउनु रहेको छ। समितिले ग्रामीणस्तरमा शिविरको आयोजन गरिने र उक्त शिविरमा आधार, राशन कार्ड, हेल्थ कार्ड, पेन्सन लगायत जनजातिको कल्याण हेतु वितरण गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement