मंगन: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले शारीरिकरूपमा असक्षम व्यक्तिहरूको समावेशी निर्वाचन प्रक्रिया समीक्षाबारे एक बैठकको ध्यक्षता गरे। उक्त बैठक सुगम निर्वाचन सम्बन्धीमा जिल्ला अनुगमन समितिद्वारा आयोजना गरिएको थियो। बैठकको मुख्य उद्देश्य जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको नामांकनको कमिसम्बन्धी समस्यामाथि काम गर्नेबारे छलफल गर्नु थियो। जिल्लापालले यसमाथि सम्बन्धित विभागहरू समन्वय राखेर काम गरे प्रभावी पन्न सक्ने उल्लेख गरे। उनले प्रभावकारी परिणामका लागि अभियानको महत्व अधिक रहने बताए। उनले समाज कल्याण विभागलाई अपाङ्गता प्रमाणपत्र नभएका व्यक्तिहरुका लागि गम्भीरतासित काम गर्ने निर्देश दिए।