के-लीग: जर्जियन एफसी र शेयर एफसी-को एकतर्फी जीत

1749829300415

कालेबुङ: कालेबुङ डिस्ट्रिक्ट फूटबल एसोसिएशन को तत्त्वावधानमा आयोजित कालेबुङ फूटबल लीग (के-लीग)-मा शुक्रवार २ वटा एकतर्फी म्याच खेलियो। मेला ग्राउण्डमा खेलिएको पहिलो म्याचमा शेयर फूटबल क्लबले युनाइटेड जलढाकाविरुद्ध ४-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट छेवांग यल्मो, छो छिरिंग लेप्चा, हर्क भुजेल र प्रतीक प्रधानले गोल गरे। यसरी युनाइटेड जलढाकाको तर्फबाट डेविडले गोल गरे। यसरी दोस्रो म्याचमा जर्जियन फूटबल क्लबले हिल्स बोयज एफसीविरुद्ध ४-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नोरजांग लेप्चाले २ गोल गरे। यसबाहेक कुञ्जमान थापा र प्रणय मुखियाले १-१ गोल गरे। हिल्स बोयजको तर्फबाट नोहान्त थापाले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement