सुधन गुरूङहरूले दर्ता गरेको रिभ्यू पिटिशन कलकत्ता उच्च न्यायालयद्वारा खारेज
कालेबुङ: जीटीए क्षेत्रका १२१ जना स्वयँसेवी शिक्षक/शिक्षिकाहरू जसलाई जनवरी २०१९ सालमा प्राथमिक शिक्षकहरूको नियुक्तिमाथि चुनौती दिँदै गोर्खा प्राथमिक शिक्षक संगठनको पक्षमा सुदन गुरूङ एवं अन्यले दर्ता गरेको मुद्दामा जीत हाँसिल गरेको छ भनी हिल तराई प्राथमिक शिक्षक सगंठन कालेबुङ जिल्ला समितिको सचिव दिनेश महन्तले जानकारी गराएका छन्। उनले बताए अनुसार १२१ जनाको नियुक्तिको वैधतामाथि चुनौती दिँदै सुदन गुरूङहरूले यसभन्दा अघि पनि कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दामा १२१ शिक्षकहरूकै पक्षमा उच्च न्यायालयले फसेला सुनाएको थियो। यसपछि सुदन गुरूङहरूले उक्त मुद्दालाई फेरि कलकत्ता न्यायालयकै जलपाइगढ़ी डिभिजन बेञ्चमा रिभ्यू पिटिशन दर्ता गरेका थिए भने आज उक्त मुद्दामाथि सुनवाई गर्दै जलपाइगढ़ी डिभिजन बेञ्चले सुदन गुरूङहरूको उक्त रिभ्यू पिटिशन पनि खारेज गरिदिएको छ। १२१ जना प्राथमिक शिक्षकहरूलाई उक्त जीतले ठूलो राहत प्रदान गरेको छ भनी बताएका छन्।
न्यायालयको उक्त फसेलापछि ठूलो राहत पाएका शिक्षकहरूको पक्षमा हिल तराई प्राइमेरी टिचर्स अर्गनाइजेशन कालेबुङ जिल्ला समितिका सचिव दिनेश महन्तले १२१ जना शिक्षकहरूलाई बधाई अनि शुभकामना दिएका छन्।
यस बाहेक उक्त मुद्दाको शुरूवातदेखि शिक्षकहरूलाई सहयोग गरेवापत् जीटीए अनि राज्य सरकारलाई पनि महन्तले १२१ शिक्षकहरूको पक्षमा धन्यवाद दिएका छन्।