पंखाबारी, लङ्भ्यू, अम्बटे समष्टिमा आठवटा विकासमूलक कार्यहरूको सभासद कल्पना प्रधानको बाहुलीबाट शिलान्यास

IMG-20250613-WA0043

खरसाङ: खरसाङको पंखाबारी लङ्भ्यू अम्बटे समष्टि अन्तर्गत विभिन्न क्षेत्रमा हुने आठवटा विकासमूलक कार्यहरूको आज क्षेत्रीय सभासद कल्पना प्रधानको बाहुलीबाट गाडीधुरामा सामुहिक शिलान्यास गरिएको छ। विशेष गरी यस समष्टिको अम्बटे, गाडीधुरा, पंखाबारी, दुधे, मरियनबारी, बामनपोखरी, रोहिणी आदि क्षेत्रमा शौचालय अनि नालीहरू निर्माण कार्यको विधिवत् शिलान्यास गरियो। गाडीधुराको हाट क्षेत्रमा आयोजित यस कार्यक्रममा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा लगायत स्थानीय पार्टी प्रतिनिधिहरू उपस्थित थिए। उक्त शिलान्यास कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सभासद कल्पना प्रधानले आज जिल्ला परिषदद्वारा प्राप्त समष्टिका आठवटा विकासमूलक कार्यहरूको यहाँ सामुहिक रूपमा शिलान्यास गरिएको जनाइन्। उनले मुख्य रूपले शौचालय अनि ड्रेनको निर्माण कार्यको शिलान्यास गरिएको बताउँदै यसको निम्ति उनले विशेषगरी जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement