तीनधारेमा एक दिवसीय सागा दावाको पूजा सम्पन्न

1749822929152

खरसाङ: तीनधारेको राजबारीस्थित साम्तेन छ्योलिङ म्हाणी ल्हाखाङमा तीनधारे म्हाणिपा संघको तत्वावधानमा एक दिवसीय सागा दावाको पूजा सम्पन्न भएको छ। उक्त सागा दावा पूजा तीनधारेको मिठाईडाँडास्थित पद्य छ्योलिङ तामाङ गुम्बाका प्रमुख लामा म्हम्हे बुम्बा डुम्जन लामाको अगुवाईमा सम्पन्न भएको छ। उक्त सागा दावा महिनाको विशेषताबारे जानकारी दिन्दै म्हेम्हे बुम्बा डुम्जन लामाले सागा दावाको महिना अति नै शुभ रहेको अनि धेरैभन्दा धेरै पुण्य कमाउन सके आफूलाई धेरै फाइदा हुने बताएका छन्।‌किनकि यो महिना जसले जे-जस्तो कार्यहरू गर्छन् ती सबै कार्यहरूका फल आफूले हजार गुणा बढेर पाउने भन्दै
यही महिनाको तिथिमा भगवान् बुद्ध जन्मनु भएको, भगवान बुद्धले ज्ञान प्राप्त गरेको अनि परिनिर्वाण भएको र यी सबै तिथिहरु एकै सागा दावाको महिनामा परेका हुनाले तामाङ जातिले बुद्ध जयन्ती धुमधामले मनाए पनि हामी हिमाली भेगका सबै बौद्ध धर्मावलम्बीहरुले सागा दावाको पर्व पनि उस्तै धुमधामले मनाउने गर्छन् भनी बताएका छन्‌।

उनले यो महिनालाई विशेष हिमाली बौद्ध धर्मावलम्बीहरुले धेरै महत्वपूर्ण महिना मान्ने गर्छन् भन्दै आफ्नो प्रवचनमा थप जानकारी दिन्दै उनकै हातबाट वाङ (अभिषेक) वितरण गरियो। कार्यक्रमको अन्त्यमा संघका कोषाध्यक्ष शान्ति योञ्जनले धन्यवाद दिनलाई आफ्नो वक्तव्य राखिन् जसमा उनले पहिलोचोटि तीनधारेमा म्हाणिपा संघ गठन गरिदिने अनि म्हाणी ल्हाखाङमा चोक्ची ठी दान गरिदिने म्हेम्हे पेमा डुम्जन लामालाई संघको पक्षबाट धन्यवाद दिइन्।

उनले यस पूजामा आर्थिक अनि शारीरिक रुपले साथ दिई पूजालाई सफल बनाइदिने सबै महानुभवहरुप्रति आभारी बनी धन्यवाद दिइन् भनी तीनधारेबाट दावा रिन्छेन तामाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement