सोनादा: रबिना गुरुङ सहयोगी समूहले बिमारी रबिना गुरुङ प्रधानलाई सहयोग गरिदिने निवेदन गरेका छन्। नीज गाउँ, ओक्स चियाकमान, निम्न सोनादा-२ ग्राम पञ्चायत, सोनादा, दार्जिलिङ निवासी रबिना गुरुङ प्रधान (पति सुबेन्द्र प्रधान) उमेर ३९ वर्ष विगत केही समयदेखि लिभर रोगले ग्रसित छिन् र उनको उपचार लामो समयदेखि अस्पतालमा चलिरहेको छ। हाल उनलाई डाक्टरहरुले लिभर ट्रान्सप्लान्ट गर्नु पर्ने परामर्श दिएका छन् जसको निम्ति ३० लाख रुपियाँ खर्च आउने भएको छ। त्यसर्थ, बिरामी परिवारको आर्थिक स्थिति कमजोर भएकोले हामी समाजको तर्फबाट सबैले यथाशक्ति आर्थिक सहयोग प्रदान गरी उनलाई जीवनदान दिने निवेदन रबिना गुरुङ सहयोगी समूह, ओक्स नीज गाउ, सोनादा, दार्जिलिङले गरेको छ। संयोजक तथा सम्पूर्ण सदस्यगण रबिना गुरुङ सहयोगी समूह, नव युवक संगठन, ओक्स नीज गाउँ, सोनादाले बिमारीलाई सहयोग गरिदिने आह्वान् गरेका छन्।बिमारीको सहयोगको लागि तल दिइएको नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिने निवेदन गरेका छन्।
०७६२२९३७२०५ (जे के राई)/०८९६७८७९०५४(चन्दन लकान्द्री)