घैयाबारी अस्पतालमा डाक्टरको समस्यालाई लिएर सभासदद्वयले भेटे विभागीय कार्यकारी निर्देशकसित

IMG-20250613-WA0036

खरसाङ: तीनधारे महानदी समष्टिको घैयाबारी अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) मा डाक्टर नभएको गुनासो विषयमा जीटीएको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले दार्जिलिङको लालकोठीमा गएर स्वास्थ्य विभागकाे कार्यकारी निर्देशक साम्देन डुक्पासित भेट गरेका छन्। घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको विषयमा जनताको समस्याको समाधानको लागि सभासदद्वयले दार्जिलिङस्थित लालकोठीमा गई स्वास्थ्य विभागकाे कार्यकारी निर्देशक साम्देन डुक्पासित भेटेर यस समस्याबारे चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। उक्त भेटमा विभागीय निर्देशकले केही दिनमा नै समस्याको समाधान गरिने जानकारी गराएका छन्। घैयाबारी अस्पतालको डाक्टर वर्तमानमा डाक्टर अझैं उच्च शिक्षाको लागि परीक्षा दिनलाई छुट्टीमा गएकोले समस्या भएको बताएका छन्। यसको साथै अहिलेसम्म कसैले पनि लिखित गुनासो नगरेको पनि जानकारी गराएका छन्। तर पनि घैयाबारी अस्पतालमा डाक्टरको समस्या केही दिनभित्र नेै समाधान हुने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement