विमान दुर्घटनालाई लिएर राज्यपाल माथुर र मुख्यमन्त्री तामाङद्वारा शोक प्रकट

1749752391243

गान्तोक: आज गुजरातको अहमदाबादमा भएको एयर इण्डिया विमान दुर्घट्नालाई लिएर पाज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले शोक व्यक्त गरेका छन्। अहमदाबादमा एयर इण्डिया विमान दुर्घटनाको हृदयविदारक खबर सुरेन अत्यन्त व्यथित र स्तब्ध छु। यस कठिन घड़ीमा सिक्किम अनि सम्पूर्ण सिक्किमवासी सबै पीड़ित अनि उनीहरूका परिवारका साथमा छौं। म पीड़ित परिवारहरू प्रति संवेदना व्यक्त गर्दछु। ईश्वरले उनीहरूलाई सहन शक्ति प्रदान गरुन्। हाम्रो प्रार्थना सबै यात्री अनि क्याबिन क्रू-का सदस्यहरूसँग छ, शोक संदेशमा राज्यपालले भनेका छन्।
यसरी नै मुख्यमन्त्री प्रेमसिंह तामाङले विमान दुर्घटना प्रति दुःख व्यक्त गर्दै मृतक अनि घाइतेहरूको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले आफ्नो शोक संदेशमा भनेका छन्, अहमदाबाद नजिकै भएको एयर इन्डियाको उडान सङ्ख्या एआइ १७१ को दुखद दुर्घटनाबाट म अत्यन्त दुःखी छु। प्रभावित सबैका परिवार र प्रियजनहरूप्रति मेरो हार्दिक समवेदना छ। यो विनाशकारी घटनाले हामीलाई स्तब्ध बनाएको छ। हामी यस त्रासदीबाट प्रभावित परिवापहरूसँग ऐक्यवद्धता जाहेर गर्दछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement