मंगन जिल्लामा विकसित कृषि संकल्प अभियानको समापन

IMG-20250612-WA0076

मंगन: मंगन जिल्लाअन्तर्गत विभिन्न ठाउँमा आयोजित विकसित कृषि संकल्प अभियानको समापन भयो। कार्यक्रम तिङछिम चाँदे ग्राम पञ्चायत यूनिटमा पुगेर समापन भएको हो। समापन कार्यक्रममा पञ्चायत उपाध्यक्ष मिङमा ल्हमु भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथि भोटियाले कृषकहरूद्वारा गरिएका विभिन्न गतिविधिको प्रशंसा गर्दै खेती उत्पादनप्रति प्रोत्साहित गरिन्। मंगन जिल्लामा सञ्चालित कृषि विज्ञान केन्द्र र विभिन्न विभागको संयुक्त पहलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य कृषकहरूलाई आधुनिक खेती उत्पादनमाथि सचेत गराउनु रहेको थियो। कार्यक्रममा कृषि क्षेत्रलाई सहयोगी र उत्थान गर्न डिजाइन गरिएका राज्य र केन्द्र सरकारका योजनाहरूबारे जानकारी फैलाउने कुरामा जोर दिएको थियो। यस अवसरमा पञ्चायत सदस्य एमपी थापाले विकसित कृषि संकल्प अभियानको प्रशंसा गर्दै कार्यक्रममा सहभागिता जनाएका विभागहरूलाई आ-आफ्नो ग्राम पञ्चायत यूनिटको भ्रमण गर्दै कृषकहरूलाई सहयोग पुऱ्याएकोमा आभार प्रकट गरे। यस अभियानको एक भागकोरूपमा कृषकहरूलाई चाहिने आवश्यक कृषि औजारहरू पनि वितरण गरियो। जसमा स्प्रे मशिन, बीउ भण्डारण बिन, हर्मेटिक बीउ लगायत अन्य सामग्री प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement