खेलो इण्डिया गेम्सका पदकवीरहरूले भेटे मुख्यमन्त्री

IMG-20250612-WA0078

गान्तोक: भर्खरै दीवमा सम्पन्न खेलो इण्डिया बीच गेम र बिहारमा सम्पन्न सातौं खेलो इण्डिया यूथ गेम्समा उल्लेखनीय प्रदर्शनी गरेर राज्यको निम्ति पदक जित्ने खेलाड़ीहरूसँग मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी आवास मिन्तोकगाङमा भेट घरे। मुख्यमन्त्री स्वंयले सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन्। उनले पदक विजेता खेलाड़ीहरूको प्रशंसामा लेखेका छन्- उनीहरूको कडा परिश्रम, समर्पण र संघर्षशील भावना साँच्चै प्रेरणादायी छ। उनीहरूले हाम्रो राज्य र राज्यवासीलाई गौरवान्वित बनाएका छन्।
उल्लेखनीय छ, गत मई महिनामा सम्पन्न खेलो इण्डिया बीच गेम र यूथ गेममा सिक्किमलाई प्रतिनिधित्व गर्दै अञ्चल राईले २ हजार मिटर दौड़मा स्वर्ण पदक जितेका छन्। यसरी नै जङ्गी कला पेनकाक सिलाटमा यमुना छेत्रीले रजत अनि इलोमा सुब्बाले काँस्य पदक जितेका छन् भने ६५ किलोभारको बक्सिङमा रिवास राईले काँस्य पदक जितेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement