नाम्चीमा राष्ट्रीय तम्बाकु नियन्त्रण कार्यक्रम बैठक

IMG-20250612-WA0079

गान्तोक: नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङको अध्यक्षतमा बसेको बैठकले राष्ट्रीय तम्बाकु नियन्त्रण कार्यक्रमबारे छलफल गऱ्यो। नाम्ची जिल्ला तम्बाकु नियन्त्रण सेल र स्वास्थ्य एवं परिवार कल्याण विभागको संयुक्त पहलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य राष्ट्रीय तम्बाकु नियन्त्रण सेलले अहिलेसम्म गरेका विभिन्न प्रकारको गतिविधिबारे जायजा लिनु रहेको थियो। कार्यक्रममा जिल्लापाल सुनिता थापाले सुर्तीजन्य पदार्थको सेवन र यसको हानिकारक प्रभावबारेमा स्थानीयहरूलाई सचेत गराइन्। उनले जिल्लाभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण कानूनहरू प्रभावकारीरूपमा कार्यान्वयन भइरहेको र यसको प्रभावी कार्यन्वयन भएको बताइन्। उनले एनटीसीपी अन्तर्गत सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरूका लागि विभिन्न उपचारहरू प्रदान गरेको बताइन्। यसका साथै उनले डीटीसीसी एनटीसीपीअन्तर्गत गरिएका विभिन्न गतिविधिबारेमा पनि बताइन्। सुर्तीजन्य पदार्थको प्रयोग रोकथाम र उन्मूलनको निम्ति सचेतनाका लागि ऱ्याली आयोजना गरिएको थियो। उनले जिल्लाभित्र सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरूको तथ्याङ्क पनि उल्लेख गरिन्। सुर्तीजन्य पदार्थमुक्त शैक्षिक संस्थाको प्रगति तथ्याङ्कबारेमा पनि प्रस्तुत गरिन्। उनले टीओएफइआई अन्तर्गतका उद्देश्यबारेमा उल्लेख गरिन्। उनले जिल्लाभित्र टीओएफइआई कार्यान्वयनका लागि वरिष्ठ माध्यमिक विद्यालय, माध्यमिक विद्यालय, जुनियर हाई स्कूल र कलेज जस्ता विभिन्न संस्थाहरूलाई मनोनित गरिएको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement