एकलव्य स्कूलको विद्यार्थी टोली पर्वतारोहण प्रशिक्षणको लागि मनालीमा

IMG-20250612-WA0080

गान्तोक: हिमाचल प्रदेशको अटलबिहारी बाजपेयी इन्सटीट्यूट अफ् माउन्टनेरिङ र स्पोर्टसको संयुक्त पहलमा आयोजित कार्यक्रममा एकलब्य मोडल रेसिडेन्सियल विद्यालयका विद्यार्थीहरूले सक्रियारूपमा सहभागिता जनाए। उल्लेखनीय छ, हिमाचल प्रदेशको मनालीमा आयोजित कार्यक्रमको एक भागकोरूपमा पर्वतारोहन प्रशिक्षण कार्यक्रम गरिने तयारी भएको छ। जो भोलि शुक्रबारदेखि शुरू हुने भएको छ। उक्त कार्यक्रममा देशभरि सञ्चालित एकलव्य मोडल मोडल रेसिडेन्सियल विद्यालयका ५० जना भन्दा अधिक विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुलाई शारीरिकरूपमा सक्षम बनाउनको साथै अनुशासन, साहसिक खेलप्रति प्रोत्साहित गर्नु रहेको छ। यसअन्तर्गत मनालीमा विद्यार्थीहरूलाई साहसिक पर्यटन क्षेत्रमा प्रोत्साहित गर्दै पर्तारोहण तालिम दिइएको हो।
उक्त प्रतिय़ोगिताको निम्ति राज्यबाट दसजना विद्यार्थीलाई छनौट गरिएको छ जसमा छितिज लिम्बू, रितेस लिम्बू, साङदुप लेप्चा, निर्मल सुब्बा, नामग्याल डाडुल भोटिया, फूर्वा साम्पेल भोटिया, साम्बे सुब्बा, मञ्जील लिम्बू, रिञ्छेन डाडुल लेप्चा र तेञ्जिङ लेप्चा लगायत शिक्षकहरु सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement