खेलाड़ीहरूलाई आफ्नो सहज स्थितिबाट बाहिर निस्किने प्रशिक्षक गौतम गम्भीरको आग्रह

IMG-20250612-WA0067

बेकनहेम (ईंग्ल्याण्ड): भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरले आफ्नो टीमसँग आफ्नो कम्फर्ट जोन (सहज स्थिति)-बाट बाहिर निस्किने अनि सन्न्यास लिइसकेका स्टार खेलाड़ीहरू विराट कोहली, रोहित शर्मा र आर अश्विनको अनुपस्थितिमा ईंग्ल्याण्डविरुद्ध आउँदो टेस्ट सीरीजलाई यादगार बनाउने आह्वान गरेका छन्। भारत २००७ पछि ईंग्ल्याण्डमा आफ्नो पहिलो टेस्ट सीरीज जित्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। दुई टीमबीच ५ वटा टेस्ट म्याचको सीरीज २० जूनदेखि शुरु हुनेछ। पहिलो म्याच लीड्समा खेलिनेछ। गम्भीरले बीसीसीआई टीभी-मा अश्विन, रोहित र कोहलीको हालैको सन्न्यासको कुरा उल्लेख गर्दै भने, यस यात्रालाई हेर्ने दुईवटा तरिका छ। एउटा हामी यहाँ आफ्ना तीनजना सबैभन्दा अनुभवी खेलाड़ीहरू बिना छौं। यसरी दोस्रो हो हामीलाई देशको निम्ति केही गर्ने यो अभूतपूर्व अवसर प्राप्त भएको छ। भारतका पूर्व ओपनिंग ब्याटरले बताएअनुसार, उनी शुभमन गिलको कप्तानीमा रहने वर्तमान टीममा केही हासिल गर्नको निम्ति चाहिने जोश र प्रतिबद्धता अनुभव गर्छन्। उनले भने, यस समूहलाई हेर्दा म केही खास गरेर देखाउने भोक, जोश र प्रतिबद्धता देख्छु। यदि हामीले त्याग गऱ्यौं, यदि आफ्नो सहज स्थितिबाट बाहिर निस्कियौं, यदि हामी प्रत्येक दिन नभएर प्रत्येक सत्र, घण्टा र हरेक बलमा चुनौती पेश गर्न सक्यौं भने यस यात्रालाई यादगार बनाउन सक्नेछौं।
गम्भीरले पेस बलर अर्शदीप सिंहले टेस्ट क्रिकेटमा पनि आफ्नो प्रभाव छोड़्न सक्ने आशा व्यक्त गरे। उनले भने, म अर्शदीप सिंहलाई स्वागत जनाउन चाहन्छु। उनले सेतो बलको साथ असाधारण प्रदर्शन गरेका छन् अनि रातो बलको साथ पनि आफ्नो छाप छोड़्न सक्ने मलाई विश्वास छ। यस ४३ वर्षीय प्रशिक्षकले गिल र उपकप्तान रिषभ पन्तको पनि प्रशंसा गरे। गम्भीरले भने, म शुभमनलाई बधाई दिन चाहन्छु, जो पहिलोपल्ट टेस्ट कप्तानी गरिरहेका छन्। आफ्नो देशको कप्तानी गर्नु भन्दा ठूलो सम्मान अरू केही छैन। उनलाई बधाई छ। यसरी रिषभ पन्तलाई पनि बधाई, जो अब नेतृत्व समूहका हिस्सा हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement