म्यूनिख (जर्मनी): भारतीय शूटर सिफ्त कौर समराले बिहीवार आईएसएसएफ वर्ल्ड कपमा महिलाहरूकी ५० मीटर राइफल थ्री पोजिशन स्पर्धामा काँस्य पदक जितिन्। महिलाहरूकी ५० मीटर राइफल थ्री पोजिशन स्पर्धामा वर्तमान वर्ल्ड रेकर्ड धारक २३ वर्षीय सिफ्तले आठ शूटरहरूबीच फाइनलमा ४५३.१ पोइण्ट्स बनाइन्। नर्वेकी जीनेट हेग ड्यूस्टेडले ४६६.९ पोइण्ट्सको साथ स्वर्ण र स्विट्जरल्याण्डकी एमिली जेगीले ४६४.९ पोइण्ट्सको साथ रजत पदक हासिल गरिन्। एमिली ५९० पोइण्ट्सको साथ क्वालीफिकेशनमा नवौं स्थानमा रहेर पनि फाइनलमा पुगेकी थिइन् कारण शीर्ष ८-मा सामेल २ जना शूटर केवल ऱ्याङकिंग पोइण्ट्स (आरपीओ) -को निम्ति खेलिरहेकी थिइन्। क्वालीफिकेशनमा सिफ्तले नीलिंग, प्रोन र स्ट्याण्डिंगको ३ चरणमा जम्मा ५९२ पोइण्ट्सको साथ दोस्रो स्थान हासिल गरिन्। यस सालको शुरुवातमा ब्यूनस आयर्समा भएको वर्ल्ड कपमा उनले स्वर्ण पदक जितेकी थिइन्।