कालचिनी: कालचिनी मा जारी ग्लोरी कप २०२५ फूटबल टुर्नामेण्टमा नेताजी युथ क्लब, सेवोकले फाइनलमा स्थान बनायो। ग्लोरी कप अर्गनाइजिंग कमिटीको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा नेताजी युथ क्लबले जर्जियन एफसी-विरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल म्याक्सवेलले गरे। म्याक्सवेल प्लेयर अव् द म्याच बने। अब १५ जूनमा खेलिने फाइनलमा नेताजी युथ क्लब, सेवोक र मोंग्रा फूटबल क्लब (सामुकतला)-बीच भिड़न्त हुनेछ। म्याच कालचिनी थाना ग्राउण्डमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










