जीटीएद्वारा सुवास घिसिङको नाममा सर्वोच्च नागरिक सम्मान पुरस्कार घोषणा गरेकोमा गोरामुमो द्वारा धन्यवाद ज्ञापन

IMG-20250612-WA0037

दार्जिलिङ: जीटीएद्वारा सुवास घिसिङको नाममा सर्वोच्च नागरिक सम्मान पुरस्कार घोषणा गर्दै अधिसूचना जारी गरेकोमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङको तर्फबाट गोरामुमो केन्द्रित समिति प्रवक्ता वाई लामाले प्रेस विज्ञप्ति जारी गर्दै बधाई अनि धन्यवाद ज्ञापन गरेका छन्। वाई लामाले थप जानकारी दिदै भने, सुवास घिसिङले गोर्खा जातिको निम्ति जुन ईतिहास रचेर जानु भयो भारतीय गोर्खहरुलाई बारम्बार विदेशीको लाञ्छाना लगाउने अनि राजनैतिक बञ्चित गराउने साथै दोहोरो नागरिकको नजरले हेर्ने एउटा भारतीय राजनैतिज्ञहरुको एउटा हेर्ने चस्मा थियो त्यसलाई सुवास घिसिङले जननायकको रुपमा गोर्खाल्याण्डको आन्दोलन गरेर बद्लिदियो। भारतभरिको नेताहरुको नजरमा भारत देशको संवैधानिक आधारमा हामीलाई प्रथम दर्जाको नागरिकता उपहारको रुपमा दिएर जानु भयो। प्रत्येक जनमानसमा हामीलाई छुट्टै राज्य गोर्खाल्याण्डको बीजारोपण गरिदिनु भयो। नाम दिएर जानु भयो। यी सबै इतिहासहरु सम्झेर वहाँलाई याद गर्छौं।’ वाई लामाले भने, ‘जीटीएले यसरी सुवास घिसिङ सर्वोच्च नागरिक सम्मान पुरस्कार घोषणा गरेकोमा गोरामुमो अध्यक्ष मन घिसिङ साथै गोरामुमोको तर्फबाट जीटीए प्रमुख अनि जीटीएलाई धन्यवाद दिन चाहान्छौँ। एक समय बंगाल विधानसभामा आइरन लेडी भनेर चिनिने कालेबुङ निवासी पूर्व विधायिका रेणुलिना सुब्बालाई प्रथम सुवास घिसिङ सर्वोच्च नागरिक सम्मान पुरस्कार दिने घोषणा गरेकोमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्दछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement