पुटुङ चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको शाखा कमिटी गठन

IMG-20250612-WA0036

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मिरिक महकुमा समितिद्वारा पुटुङ चियाबारीको तीनवटा डिभिजनहरु पुटुङ, खोप्रेल र छोटा टिङलिङमा शाखा कमिटी गठनको लागि सभा सम्पन्न भएको छ। उक्त क्षेत्रको प्रतिनिधिहरुलाई लिएर शाखा गठनको लागि सम्पन्न सभालाई सुनिल राईले‌ सञ्चालन गरेका थिए। यस सभामा प्रमुख अतिथिको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा समितिको महासचिव सतीश थापा उपस्थित रहेका थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय सदस्य लिला सेञ्चुरी र मिरिक महकुमा समितिको सभापति रोदन छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ ट्रेड युनियन मिरिक महकुमा समितिको सभापति रोदन छेत्रीले चियाबारी क्षेत्रमा श्रमिक संगठन गठन किन आवश्यक छ र श्रमिक संगठनको गठनले के फाईदा छ भनी बताएका छन्‌। यसै सभामा पुटुङ चियाबारीको तीनवटा डिभिजनहरुलाई लिएर शाखा कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति कृष्ण तामाङ, उप सभापति अविनाश प्रधान र मंगली खवास, सचिव अनिल तामाङ, सह सचिव सनोज भुजेल र जय रसाईली, कोषाध्यक्ष अञ्जु तामाङ लगायत १६ जना कार्यकारी सदस्यहरु चयन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement