खरसाङ: खरसाङ नगरपालिकामा हाउजिङ फर अल योजनाको जियो ट्यागिङको कार्य लगातार चलिरहेको र शुक्रवारदेखि पुन: खरसाङ नगरपालिकाको वार्ड नम्बर ७ देखि जियो ट्यागिङ शुरु हुने भएको छ। यस विषयमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराउँदै बताए अनुसार हाउजिङ फर अल योजनाको जियो ट्यागिङको कार्य वार्ड नम्बर १९, २०, १४, ३, २ र ७ मा चलिरहेको थियो। तर वार्डमा नम्बर ७ मा चलिरहेको समय केही तक्निकी गढबढीको कारणले रोकिएको थियो। जुन शुक्रबारदेखि वार्ड नम्बर ७ देखि नै शुरु गरिने भएको जानकारी गराएका छन्। उनले वार्ड नम्बर ४ पनि जियो ट्यागिङको कार्य हुने बताएका छन्। उनले जुन वार्डहरुमा जियो ट्यागिङको कार्य भएको छैन नअत्तालिने अनुरोध गर्दै सबै वार्डहरुमा विस्तारै जियो ट्यागिङको कार्य गरिने र यसको लागि सबैले साथ र सहयोग गरिदिने निवेदन गरेका छन्।

भाइस चेयरम्यान सुवास प्रधानले हाउजिङ फर अल योजनाको जियो ट्यागिङको कार्य खरसाङ नगरपालिकाभरि युध्द स्तरमा भईरहेको बताउँदै खरसाङ नगरपालिका जनताको लागि सदेव तत्पर रहेको बताएका छन्।