पाकिम: भारत सरकारले शुरु गरेको विकसित भारत संकल्प अभियानअन्तर्गत आज ११औं दिन पाकिम जिल्लाको रिगु र छुजाचेन ग्राम पञ्चायत यूनिटमा विभिन्न कार्यक्रम आयोजन गरियो। यस अभियानले दिगो कृषि, जलवायु-अनुकूल खेती र बीउ प्रजातिहरूमाथि ध्यान केन्द्रित गरेको छ। कार्यक्रममा प्रशासनिक प्रतिनिधि, पञ्चायत अध्यक्ष, वार्ड पञ्चायतहरू, आइसीएआर-केभीके रानीपुल लगायत अन्य विभागीय प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। सम्वन्धित विभागले कृषक समुदायलाई सशक्त बनाउने उद्देश्यले विभिन्न सरकारी योजनाहरू र पहलबारेमा जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै आइसीएआरका वैज्ञानिकहरूले कृषि उत्पादन र दिगोपन बढाउन वैज्ञानिक पद्दतिबारे ग्रामीण सरोकारवालाहरूलाई जागरुक गराए। यसबीच प्राविधिक विधिबारे पनि अवगत गराएका थिए। यस अभियानको समापन भोलि ताजा डुगालाख र बिरिङ तारेथाङ ग्राम पञ्चायत यूनिटमा हुने भएको छ।