सिक्किम सहकारी यूनियनको ६३औं बोर्ड बैठक

IMG-20250611-WA0090

गान्तोक: सिक्किम सहकारी यूनियनको ६३औं बोर्ड सभा सिकोनको प्रेक्षागृहमा सम्पन्न भयो। सिकोनका अध्यक्ष मंगलजीत राईको अध्यक्षतामा सम्पन्न भएको सभामा उपाध्यक्ष पीपी शर्मा, लगायत अन्य अधिकारीहरु पनि सामेल थिए। यस अवसरमा ६२औं बोर्ड सभामा लिइएको निर्णयहरूबारे समीक्षा गरियो। उक्त सभामा तयार गरिएको रिपोर्टमाथि छलफल गर्दै सिकोलनले अहिलेसम्म हासिल गरेको विभिन्न उपलब्धिबारे जानकारी गराए। विशेष गरेर गत वर्ष सिकोनको सभामा पाँचवटा विषयमाथि प्रमुखरूपमा छलफल गरिएको थियो थियो। जसमा प्रशिक्षण, शिक्षा, सहकारिताको विकास, छात्रावास, सामाजिक सञ्जाल र व्यापारलाई समावेश गरिएको थियो। उक्त सभामा ६ वटा जिल्लामा संगठन विस्तार गर्न उपनियम संशोधनको लागि अनुमोदन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement