पद्भश्री नरेन गुरूङ र साहित्यकार युवा बराल अभिनन्दित

IMG-20250611-WA0091

गान्तोक: पद्भश्री उपाधि २०२४ प्रापक लोक गीत सङ्गीत साधक नरेन गुरूङ तथा साहित्य अकादेमी पुरस्कार २०२४ द्वारा सम्मानित साहित्यकार युवा बराल ‘अनन्त’ लाई आज एक भव्य कार्यक्रमबीच नेपाली साहित्य परिषदद्वारा अभिनन्दन जनाइयो। परिषदको प्रेक्षागृहमा आयोजित अभिनन्दन कार्यक्रमको अध्यक्षता हरि ढुङ्गेले गरेका थिए। आफ्नो सम्बोधनमा अध्यक्ष ढुङ्गेलले राष्ट्रियस्तरको सम्मान प्राप्त गर्ने विशिष्ट व्यक्तिहरुलाई यसरी अभिनन्दन गरिने परम्परा गर्दै आएको बताए। उनले पद्भश्री उपाधिले सम्मानित कलाकार गुरुङ र साहित्यकार बरालको योगदानको खुलेर प्रशंसा गरे। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहअन्तर्गत नेसापले यसरी दुईजना विशिष्ट व्यक्तिलाई सम्मानित गर्न पाउनु खुशीको विषय बताए। आफ्नो सम्बोधनको क्रममा कलाकार नरेन गुरूङले आफू नेसापद्वारा अभिनन्दित हुन पाउनु अति सौभाग्यको विषय बताउँदै लोक सङ्गीत तथा लोक नाचको संरक्षणमाथि अझ धेरै कार्य हुन आवश्यक रहेको बताए। उनले राज्यको ग्रामीण भेगमा यस्तो मौलिक सङ्गीत तथा नाचहरू अस्तित्वमा रहेको जानकारी गराए। साहित्यकार युवा बराल ‘अनन्त’ लाई छिचिमिरा कथा संग्रहका लागि साहित्य अकादेमी पुरस्कार प्राप्त भएको थियो। यसबीबारे बोल्दै बरालले पुरस्कार तथा सम्मानले साहित्य सिर्जनामा अझ धेरै ऊर्जा प्राप्त भएको बताएका छन। सो कार्यक्रममा अभिन्दित व्यक्तित्वद्वयलाई अङ्गवस्त्र, अभिनन्दन पत्र तथा स्मृति चिन्ह अर्पण गरियो। कार्यक्रममा अभिनन्दित व्यक्तित्वहरूको परिचयात्मक वार्ता उषा शर्माले प्रस्तुत गरिन। कार्यक्रममा कृतिका शर्मा तथा पेम नर्बु शेर्पा ‘ज्योति’ ले कविता वाचन गरेका थिए। यस अवसरमा उपेन्द्र न्यौपाने, दर्शना बराल, गणेश ढुङ्गेल तथा जीवन शर्माले गीत प्रस्तुत गरेका थिए।

About Author

Advertisement