चाँदे वार्डका कृषकहरूलाई कृषि उपकरण वितरण

IMG-20250611-WA0093

गान्तोक: अधिक गर्मीबीच पनि मंगन जिल्लाको चाँदे वार्डमा विकसिक कृषि संकल्प अभियानमा स्थानीय कृषकहरूले उत्साहपूर्वक सहभागिता जनाए। विशेष गरेर कृषकहरूलाई आधुनिक खेतीमा प्रोत्साहन गर्ने र सरकारको योजनाहरूलाई कार्यान्वयन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको थियो। यस अवसरमा चाँदे वार्ड पञ्चायत छिरिङ तामाङ मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनमा मुख्य अतिथि तामाङले यस अभियानलाई सफल पार्न विभागले प्रभावी कार्य गरेको जानकारी गराए। कार्यक्रमबाट कृषकहरूलाई आधुनिक खेती अप्नाउन निम्ति प्रोत्साहित हुने बताउँदै कृषि विज्ञान केन्द्र लगायत विभिन्न विभागका अधिकारीहरूको भूमिका सराहनीय रहेको उल्लेख गरे। कार्यक्रमले केन्द्र र राज्य सरकारका योजनाहरूलाई सहीरूपमा कार्यान्वयन गर्न प्रेरित गरेको बताए। यसअन्तर्गत स्थानीय कृषकहरूलाई स्रोत व्यवस्थापन, र उत्पादनमा वृद्दि गराउनको निम्ति नवीनतम प्राविधिकबारे जानकारी दिइएको थियो। यस अवसरमा कृषकहरूलाई स्प्रे मशिन, बीउ भण्डारण बिन, स्वास्थ माटो कार्ड लगायत अन्य कृषि औजारहरू वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement