एभरेष्ट म्याराथनका उपविजेता अमर सुब्बालाई गेजिङमा भव्य स्वागत

IMG-20250611-WA0094

गेजिङ: सिक्किमका गौरव, एभरेष्ट म्याराथनका रजत पदक विजेता अमर सुब्बालाई आज गेजिङस्थित आइरनबर्ग जिमले एक कार्यक्रमबीच सम्मान जनायो। सुब्बाले गत २९ मईको दिन सम्पन्न विश्वकै अग्लो ट्रेल रन तेञ्जिङ हिलेरी एभरेष्ट म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेर सिक्किमको नाम चम्काएका छन्। उक्त उपलब्धिलाई केन्द्र गरेर सुब्बालाई सम्मानित गरिएको हो। संस्थाले सुब्बाको निरन्तर परिश्रमको उच्च प्रशंसा गरेको छ। आइरनबर्ग जिमका प्रतिनिधिहरूले अमर सुब्बालाई “सिक्किमको आत्मा, शक्ति र धैर्यको प्रतीक” को रूपमा सम्मान गरेको छ। कार्यक्रमका सहभागीहरू, स्थानिय नागरिक, खेलप्रेमी तथा युवा खेलाडीहरूले उनलाई स्वागतसंगै सम्मान जनाए। यसबीच म्याराथनम्यान सुब्बाले आफ्नो यात्राबारे अनुभव साझा गरे। स्थानीय खेलकुदको विकासमा अमर सुब्बाको योगदानबारे चर्चा गर्दै आइरनबर्ग जिमले सिक्किममा खेलकुद र फिटनेसको महत्व झनै बढाएको उल्लेख गरेको छ। यसबीच म्याराथनम्यान सुब्बाले आफ्नो ठाउँमा यसरी सम्मानित बन्न पुँदा खुशी व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement