कोपीबारी स्यारीमा केन्द्रीय योजनाहरुबारे जागरुकता कार्यक्रम

IMG-20250611-WA0095

गान्तोक: तृणमूलस्तरमा कृषक समुदायलाई सशक्त बनाउने अभियान जारी राख्दै विकसित कृषि सङ्कल्प अभियानको एघाह्रौं दिन गान्तोक जिल्लाको कोपीबारी-स्यारी र नाण्डोक-सरमसा ग्राम पञ्चायत एकाइमा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा २१५ जना कृषक सामेल थिए। आइसीएआर-कृषि विज्ञान केन्द्र, रानीपुलद्वारा सिक्किम सरकारको कृषि, बागवानी, पशुपालन तथा मत्स्य पालन विभागसँगको संयुक्त तत्वावधानमा कार्यक्रम आयोजित गरिएको थियो। कार्यक्रममा कोपीबारी-स्यारीकी पञ्चायत सभापति विष्णुमाया छेत्री, जिल्ला पञ्चायत सदस्य धनमाया राई र नाण्डोक-सरमसा जीपीयुका पञ्चायत सभापति दिनेशकुमार छेत्री उपस्थित थिए। स्थानीय पञ्चायत सदस्यहरूले भीकेएसएअन्तर्गत ग्रहण गरिएको एकिकृत पहलको सराहना गर्दै कृषकहरूलाई कार्यक्रम अवधिमा प्रदान गरिने सेवा अनि योजनाहरूको फाइदा उठाउने आग्रह गरे। आइसीएआर-केभीकेको पशुविज्ञान प्रकोष्ठकी डा. आकांक्षा, कृषि विज्ञानबाट डा. स्मृतिरञ्जन प्रधानका साथमा डा. एसके सतपतिले विभिन्न योजनाबहबारे बताए। स्रोतवक्ताहरुले कृषकहरूले प्राप्त गर्नसक्ने हाल चलिरहेका विभागीय योजना, सहायता अनि सेवाबारे जानकारी दिँदै यी अधिकारीहरूले लघु अनि मध्यम कृषकहरूका लागि सुगम्यतामाथि विशेष बल दिए। दिनभरि चलेको कार्यक्रममा एकिकृत खेती प्रणाली, जैविक तथा जलवायु अनुकूलित खेती, पशुमा लाग्ने रोगको रोकथाम तथा वैज्ञानितकम मत्स्य पालन विधिबारे व्यावहारिक चर्चा सामेल रहेको थियो। कार्यक्रममा पीएम-किसान, पीएमएफबीवाई, किसान क्रेडिट कार्ड (केसीसी) र माटोको स्वास्थ्य कार्ड जस्ता योजनाको निम्ति तत्काल पञ्जिकरणको सुविधा राखिएको हुँदा, कार्यक्रमलाई योजनाहरूसम्म पुग्नका लागि अभियान एउटा सक्रिय द्वार बनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement