खरसाङको स्कट मिशन विद्यालयकी शिक्षिका सुबरना तामाङ फिजिकल एडुकेशन एण्ड साइन्स विषयमा गोल्ड मेडलिस्ट

1749649872008

खरसाङ: खरसाङको स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका सुबरना तामाङ शारीरिक शिक्षा अनि विज्ञान विषयमा गोल्ड मेडलिस्ट बनेकी छन्। उनी गोल्ड मेडलिस्ट अफ् फिजिकल एडुकेशन एण्ड साइन्स विषयमा साथै फिट फेस्टमा उत्कृष्ट अवार्डद्वारा सम्मानित भएका छन्। खरसाङको स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका एंव मङ्पु रेशप बजार निवासी पिता स्व पूर्णा तामाङकी सुपुत्री शारीरिक शिक्षा अनि विज्ञान विषयमा गोल्ड मेडलिस्ट र फिट फेस्टमा उनको प्रदर्शन साथै फिटनेस स्वास्थ्यप्रति समर्पण शारीरिक गतिविधिलाई बढवा दिनलाई तथा स्वास्थ्य विषयमा जागरुकतालाई ध्यान दिएकोमा उनको अथक परिश्रम र समर्पणलाई देखेर पूर्व मिदनपुरबाट फिट फिटनेसको उत्कृष्ट अवार्डद्वारा सम्मानित भएकी छन्। यस गौरवमय कार्यको लागि विद्यालय पक्षबाट उनलाई हार्दिक बधाई दिइएको छ‌। शिक्षिका सुबरना तामाङकोनयस उपलब्धि सराहनीय छ। उनको निष्ठापूर्वक सेवा र नि:स्वार्थ कार्यको लागि विद्यालय साथै विद्यालयकी प्रधान अध्यापिका, शिक्षिकागण, कर्मचारीवर्ग साथै विद्यार्थीहरु सबै नै हर्षित बनेका छन्‌। सबैले उनको भविष्यको लागि शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement