दार्जीलिङ: अवैद्य निर्माणकारीहरू विरूद्व दार्जीलिङ नगरपालिकाले अब सशक्त कदम उठाउने भएको छ। दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डले अवैद्य निर्माणहरू विरुद्ध सशक्त कदम उठाउने शुरूदेखि नै बताउँदै आएका छन्। गत केही सप्ताह अघि मात्र दार्जीलिङ नगरपालिकाले अवैद्य निर्माणहरू विरूद्व पश्चिम बङ्गाल नगरपालिका एक्टको सेक्सन २२० अनुरूप नोटिस जारी गर्ने काम गरेको थियो, तर उक्त नोटिसलाई पनि नदेखा गर्दै अवैद्य निर्माणकारीहरूले निर्माणलाई यथवत राख्ने काम गरेको दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलले बताए। चेयरम्यान पोर्तेलले बताएअनुसार पालिका एक्टको सेक्सन २२० अनुरूप नोटिस जारी भएपछि निर्माण कार्यलाई रोक लगाउनु पर्ने हुन्छ अनि निर्माणकारीहरूले पालिकासँग सम्पर्क गर्नुपर्ने हुन्छ, तर कतिपय निर्माणकारीहरूले न नगरपालिकासित सम्पर्क गरयो न काम नै रोकेको छ भन्ने उनले बताए। दार्जीलिङ नगरपालिकाले नगरपार्षद मणि लामा, नगरपार्षद सितम लामाको नेतृत्वमा नगरपालिकाको विभिन्न क्षेत्रहरूको भ्रमण गर्नेछ अनि अवैद्य निर्माणहरू विरुद्ध सशक्त कदम उठाउने काम गर्नेछ भन्ने चेयरम्यान पोर्तेलले बताए। यस विषयबारे पालिकाले पुलिस प्रशासनलाई पनि जानकारी गराइसकेको अनि पुलिस प्रशासनको सहयोगमा अवैद्य निर्माणहरू विरुद्ध सशक्त कदम उठाइने चेयरम्यान पोर्तेलले बताएl










