वेष्ट इण्डिजविरुद्ध टी२० सीरीज पनि क्लीन स्वीप गर्न सफल ईंग्ल्याण्ड

IMG-20250611-WA0023

साउथम्प्टन: ईंग्ल्याण्डले वेष्ट इण्डिजलाई तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ३७ रनले पराजित गरी ३ वटा म्याचको सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। टस हारेर म्याचमा पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २४८ रनको विशाल स्कोर बनायो। जवाफमा वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो। द रोज बोल स्टेडियममा पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डका २ जना ओपनर बेन डकेट र जेमी स्मिथले अर्द्धशतक बनाए। यसमा डकेटले ४६ बल खेलेर १० वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ८४ रन बनाए। यसरी स्मिथले ५ वटा छक्का र ४ वटा चौकाको साथ २६ बलमा ६० रन बनाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ५३ बलमा १२० रनको पार्टनरशीप गरेर ईंग्ल्याण्डलाई तेज शुरुवात दिलाए। यी दुईजना आउट भएपछि जोस बटलर (२२ रन)-को साथमा कप्तान ह्यारी ब्रूक र जेकब बेथेलले तेजीको साथ रन बनाएर स्कोर २४८-सम्म पुऱ्याए। बेथेलले ४ वटा छक्का र एउटा चौकाको साथ १६ बलमा अविजित ३६ रन बनाए। यसरी ब्रूकले २२ बलमा २ वटा छक्का र २ वटा चौकाको साथ अविजित ३५ रन बनाए। विशाल लक्ष्यलाई पीछा गर्दै वेष्ट इण्डिजको शुरुवात खराब रह्यो अऩि एविन लुईस र जनसन चार्ल्सको ओपनिंग जोड़ीले अधिक योगदान दिन सकेन। यी दुईजनाले ९-९ रन बनाए। त्यसपछि रोवम्यान पावेलले अविजित ७९ रन बनाएर अन्तसम्म प्रयास गरे पनि टीमलाई बचाउन सकेनन्। पावेलले ४५ बल खेलेर ९ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक कप्तान शाई होपलले ३ वटा छक्का र ३ वटा चौकाको साथ २७ बलमा ४५ रन बनाए। शिमरोन हेटमायरले २६ र जेसन होल्डरले २५ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा ल्यूक वूडले ३ र आदिल राशिदले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement