अष्ट्रेलियाविरुद्ध सीरीजको निम्ति वेष्ट इण्डिज टेस्ट टीममा व्यापक फेरबदल

IMG-20250611-WA0014

सेण्ट जोन्स (एण्टीगा): वेष्ट इण्डिजले अष्ट्रेलियाविरुद्ध ३ वटा टेस्ट म्याचको प्रतिष्ठित फ्रेंक वरेल ट्रफी सीरीजको निम्ति १६ सदस्यीय टीमको घोषणा गऱ्यो। टेस्ट सीरीजको पहिलो म्याच २५ जूनदेखि बारबाडोसको केनिंग्स्टन ओवल मैदानमा खेलिनेछ। यो सीरीज दुवै टीमको निम्ति महत्त्वपूर्ण हुनेछ कारण यसको साथ दुवै टीमले वर्ल्ड टेस्ट च्याम्पियनशीपमा नयाँ चक्रको शुरुवात गर्नेछ। वेष्ट इण्डिजको टीममा नयाँ शुरुवातको संकेत देखिएको छ कारण यस सालको शुरुवातमा पाकिस्तानविरुद्ध ड्र रहेको सीरीजमा खेल्ने टीममा धेरै फेरबदल गरिएको छ। जन क्याम्पबेल २०२२ पछि पहिलोपल्ट टीममा फर्किएका छन्, जसले शीर्ष क्रममा विकल्प मजबूत भएको छ। ब्याटर केसी कार्टीलाई पनि टेस्ट टीममा बोलाइएको छ। २८ वर्षीय कार्टीले आयरल्याण्डविरुद्ध हालै भएको वनडे सीरीजमा २ वटा शतक बनाएका थिए। त्यसपछि उनी ईंग्ल्याण्डविरुद्ध वनडे सीरीजमा पनि सर्वाधिक रन बनाउने खेलाड़ी रहेका थिए। वेष्ट इण्डिजको वनडे र टी२० टीमका कप्तान शाई होप २०२१ पछि पहिलोपल्ट टेस्ट टीममा फर्किएका छन्। यसरी ब्रेण्डन किंगले केवलन एण्डरसनको साथ पहिलोपल्ट टेस्ट टीममा स्थान बनाएका छन्। क्रिकेट वेष्ट इण्डिजका क्रिकेट निदेशक माइल्स बेसकम्बले टीमको घोषणापछि भने, टेस्ट च्याम्पियनशीप चक्रको शुरुवातदेखि नै सकारात्मक गति बनाउनु महत्त्वपूर्ण छ कारण हामी ऱ्याङकिंगमा अघि बढ़्ने प्रयास गरिरहेका छौं। अष्ट्रेलिया जस्तो मजबूत टीमविरुद्ध असल प्रदर्शनको साथ शुरुवात गर्नु अनि वेष्ट इण्डिजलाई टेस्ट क्रिकेटमा फेरि शीर्षमा पुऱ्याउन हामीले असल क्रिकेट खेल्नु पर्नेछ। आयोजक टीमको निम्ति जेडन सील्स, अल्जारी जोसेफ र शमर जोसेफले पेस आक्रमण सम्हाल्नेछन्। यसको साथ वेष्ट इण्डिज एकाडमीका २१ वर्षीय जोहान लेने र एण्डरसन फिलिपलाई पनि टीममा राखिएको छ। कप्तान रोस्टन चेस र उपकप्तान जोमेर वारिकनले स्पिन आक्रमण सम्हाल्नेछन्। अष्ट्रेलियाविरुद्ध टेस्ट सीरीजको निम्ति वेष्ट इण्डिजको टीम यसप्रकार छः रोस्टन चेस (कप्तान), जोमेल वारिकन (उपकप्तान), केवलन एण्डरसन, क्रेग ब्रेथवेट, जन क्याम्पबेल, केसी कार्टी, जस्टिन ग्रीव्स, शाई होप, टेविन इमलाच, अल्जारी जोसेफ, शमर जोसेफ, ब्रेण्डन किंग, जोहान लेने, मिकाइल लुइस, एण्डरसन फिलिप, जेडन सील्स।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement