प्रधानमन्त्रीले ११ वर्ष पूरा गरेकोमा मुख्यमन्त्रीकाे बधाई

CM_Modi

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए सरकारको नेतृत्वमा ११ वर्ष पूरा गरेकोमा
मुख्यमन्त्री प्रेमसिंह तामाङले हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारतले समाजको प्रत्येक वर्गलाई सशक्त बनाउँदै, लोकतान्त्रिक मूल्यहरूलाई गहिरो बनाउँदै र आत्मनिर्भर भारतको अभियानलाई द्रुत गतिमा अगाडि बढाउँदै विश्वव्यापी मञ्चमा साहसिक मार्ग तय गरिरहेको उल्लेख गरेका छन्। उनले सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयासको मन्त्रप्रति प्रधानमन्त्रीको अटल प्रतिबद्धता एकता, प्रगति र राष्ट्रिय गौरवको लागि एक प्रेरक शक्ति बनेको बताएका छन्।
मुख्यमन्त्री तामाङले सिक्किमका जनताको तर्फबाट सिक्किम र राज्यका जनताप्रति प्रधानमन्त्रीको निरन्तर हेरचाह, ध्यान र समर्थनको लागि हार्दिक आभार व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीको समावेशी शासन र दूरदर्शी नीतिहरूले हाम्रो हिमाली क्षेत्रमा नयाँ आशा र विकास ल्याएको बताएका छन्।
मुख्यमन्त्रीले भारतलाई विकास, समावेशीकरण र विश्वव्यापी नेतृत्वले चिन्हित भविष्यतर्फ डोऱ्याउँदै क्रममा प्रधानमन्त्रीको निरन्तर शक्ति, ज्ञान र दृष्टिकोणको लागि कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement