नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङको अध्यक्षतमा आज जिल्ला प्रशासनिक केन्द्रमा बसेको बैठकले धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियानमाथि छलफल गरेको छ। जनजाति समुदायको सामाजिक-आर्थिक कल्याणमा केन्द्रित उक्त अभियानमाथिको बैठकमा महकुमा अधिकारी निम पिन्छो भोटिया, अतिरिक्त जिल्लापाल (विकास) डा. सीपी राईलगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। उक्त अभियान भारत सरकारको जनजाति मामिला मन्त्रालयले देशभऱि बसोबासो गर्ने जनजातिहरूलाई एकीकृत र दिगो विकास कार्यक्रमहरूमार्फत सहयोग पुऱ्याउने उद्देश्यले शुरु गरेको हो। अभियानले सामाजिक-आर्थिक अवस्था सुधारमा काम गर्ने तयारी गरेको छ। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ताम्लिङले यस योजना जिल्लाभरि चरणबद्धरुपमा कार्यान्वयन गरिने जानकारी गराउँदै जनजातिहरूको आवश्यकता पूरा गर्न साथै उनीहरूको विकास गर्नमा सहयोग पुग्ने बताइन्। यस पहललाई कार्यान्वयन सुनिश्चित गर्न अन्तर विभागीय समन्वयको महत्त्वमाथि जोड दिँदै सबै विभागहरूलाई समन्वय राखेर काम गर्ने आग्रह गरिन्।