गान्तोक: उत्तर सिक्किमको छातेनमा गएको भीषण पैह्रोमा परेर ज्यान गुमाउने भारतीय सैनिक सिपाही सैनुद्दिन पीके-को पार्थिव शरीर आज उनको मूल थलो लक्षद्वीपको अन्द्रोथ लगियो। उनको शरीर ८ दिनको सघन खोजी पछि फेला परेको हो। सैनिकको पार्थिव शरीरलाई दुर्घटनास्थलदेखि लगभग २,५०० किलोमिटर टाड़ो अवस्थि पैत्रिक थलोसम्म ससम्मान पुऱ्याउन भारतीय सेनाले वायुसेनाको एयरक्राफ्ट सी-२९५ लगायत हेलिकप्टरलाई प्रयोगमा ल्याएको थियो।
सैनिकको पार्थिव शरीर घर लिएर जाने क्रममा पश्चिम बङ्गालको बेङ्गडुबी सैनिक छावनीमा पारम्परिक अनुष्ठान गरियो। यस अवसरमा भारतीय सेनाले गार्ड अफ् अनर पनि दिए।
२० दिसम्बर १९९१मा जन्मेका सिपाही सैनुद्दिन पीके २४ मार्च २०१२मा भारतीय सेनामा भर्ती भएका थिए।