ब्रिस्टल (ईंग्ल्याण्ड): ईंग्ल्याण्डका स्टार ब्याटर जोस बटलरले आयरल्याण्डका पल स्टर्लिंगलाई पछि छोड़ेर टी२० इण्टरनेशनल क्रिकेटको इतिहासमा चौथो सर्वाधिक रन बनाउने खेलाड़ी बने। बटलरले आइतवार वेष्ट इण्डिजविरुद्ध खेलिएको दोस्रो टी२० म्याचमा ४७ रन बनाए। यसको साथै बटलरको टी२० इण्टरनेशनलमा १३६ वटा म्याचमा एउटा शतक र २७ वटा अर्द्धशतकको साथ ३६७८ रन पुग्यो। उनले आफ्नो करियरमा १४७.७६-को स्ट्राईक रेटले रन बनाएका छन्। उनी यस प्रारूपमा ईंग्ल्याण्डको निम्ति सर्वाधिक रन बनाउने क्रिकेटर हुन्। आयरल्याण्डका स्टर्लिंगले १५० वटा म्याचमा एउटा शतक र २४ वटा अर्द्धशतकको साथ ३६५६ रन बनाएका छन्। टी२० इण्टरनेशनलमा सर्वाधिक ४२३१ रन बनाउने रेकर्ड भारतका रोहित शर्माको नाममा रहेको छ। उनले यस प्रारूपमा १५९ वटा म्याच खेलेर रेकर्ड ५ वटा शतक र ३२ वटा अर्द्धशतक बनाएका छन्। रोहितको रेकर्डको नजिक पाकिस्तानका बाबर आजम रहेका छन्, जसले १२८ वटा म्याचमा ३ वटा शतक र ३६ वटा अर्द्धशतकको साथ ४२२३ रन बनाएका छन्। तेस्रो स्थानमा रहने भारतकै विराट कोहलीले १२५ वटा म्याचमा एउटा शतक र ३८ वटा अर्द्धशतकको साथ ४१८८ रन बनाएका छन्।