मुम्बई: यस साल पञ्जाब किंग्सलाई आईपीएल फाइनलसम्म पुऱ्याउने भारतका स्टार क्रिकेटर श्रेयस अय्यरले उनलाई कप्तानी गर्नु मन पर्ने बताएका छन् कारण यसले गर्दा उनी मैदानमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्छन्। उनको कप्तानीमा केकेआर-ले गत वर्ष आईपीएल ट्रफी जितेको थियो। अय्यरले यस साल आईपीएलमा ६०४ रन बनाए। सोबो मुम्बई फाल्कन्सलाई आफ्नो कप्तानीमा टी२० मुम्बई लीगको सेमिफाइनलमा पुऱ्याएपछि अय्यरले भने, कप्तानीको साथमा धेरै परिपक्वता र जिम्मेवारी आउँछ। तपाईंबाट सदा असल प्रदर्शनको आशा गरिन्छ। यसैकारण तपाईं आफ्नो टीमको निम्ति सर्वश्रेष्ठ योगदान दिन चाहनु हुन्छ। म २२ सालको उमेरदेखि कप्तानी गरिरहेको छु अनि कप्तानी गर्नु मलाई मजा लाग्छ। अय्यरको भनाइअनुसार, उनी दबाउको परिस्थितिलाई चुनौतीको रूपमा लिन्छन् अनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने कोशिश गर्छन् । उनले भने, म आफ्नो क्षेत्रमा जाने कोशिश गर्छु। म आफ्नो ध्यान म्याचमा केन्द्रित गरेर वर्तमानैमा रहने अनि परिस्थिति बिचारेर प्रदर्शन गर्ने प्रयास गर्छु। आईपीएलमा ब्याटको साथ उत्कृष्ट प्रदर्शन गरेर पनि ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीजको निम्ति भारतीय टोलीमा स्थान नपाएको प्रसंगमा उनले भने, मेरो काम मैदानमा गएर आफ्नो सर्वश्रेष्ठ प्रयास गर्नु हो। टीमको निम्ति रन बनाउनु मेरो प्रमुख जिम्मेवारी हो। यसबाहेक अरू कुरा मेरो हातमा छैन। म केवल सर्वश्रेष्ठ प्रदर्शन गरेर आफ्नो पालोको प्रतीक्षा गर्न सक्छु।