खरसाङ: खरसाङका पत्रकार एंव प्रेस क्लब अफ् खरसाङको उप सभापति राजेन तामाङ भातृ शोकमा परेका छन्। उनको दाजु सुकवीर तामाङको निधन आईतबार बिहान छ बजीतिर ७२ वर्षको उमेरमा भएको छ। उनले आफुपछि दुईजना भाइहरु, एकजना बहिनी र परिवारका अन्य सदस्यहरु छोडि गएका छन्। सुकवीर तामाङलाई बिमारी भएर उपचारको लागि गत ४ जूनको दिन उत्तर बंगाल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको आईतबार बिहान निधन भएको जानकारी प्राप्त भएको छ। उनको पार्थिव शरीरलाई सोमबार खरसाङको गिध्द पहाड अन्तर्गत चौकी डाँडास्थित घरबाट अन्तिम संस्कार गरिएको छ।