युनिसेफ योजना प्रमुखको आधिकारिक भ्रमण

IMG-20250609-WA0233

सोनादा: युनिसेफ ग्रामीण वास प्रोजेक्टका कार्यक्रम प्रमुख तथा स्वच्छ भारत अभियान साथै पिउने पानी अनि सरसफाइ मन्त्रालयका भूपू निर्देशक सुजय मजुमदार अनि उहाँकी पत्नी डा. सोनिया मजुमदार (नयाँ दिल्ली)द्वारा रेडियो सलेसियन ९०.८ एफएम स्टुडियोको आधिकारिक भ्रमण गरियो। यस अवधि रेडियो सलेसियनका निर्देशक फा. पल पनि उपस्थित थिए। भ्रमणमा आएका अतिथिद्वयलाई कार्यक्रम निर्देशक समीर छेत्री लगायत आरजे टिमले गोर्खे टोपी अनि खदा लगाएर स्वागत गरे।
छोटो भेटघाटबीच अतिथिहरुसित वाटर एण्ड सेनिटेशन हाइजिन (वास) परियोजनाबारे चर्चा गरियो। गत वर्षको अन्तदेखि सामुदायिक भारतव्यापी सामुदायिक रेडियो स्टेसनहरुलाई लिएर हाल चलिरहेको उक्त परियोजनाबारे पश्चिम बंगालका प्राय: पाँचवटा सामुदायिक रेडियोहरु मध्ये दार्जीलिङ पहाडकै एकमात्र सामुदायिक रेडियो, रेडियो सलेसियन ९०.८ एफएम स्टेसन आइपुगेका युनिसेफ परियोजना प्रमुखसित वास परियोजनाबारे गरिएको चर्चामा कार्यक्रम निर्देशक समीर छेत्री अनि परियोजना प्रबन्धक आरजे वाङ लामाले सामना गर्नुपरेको चुनौतीमाथि विशेष जोर दिए। यसै अवसरमा रेडियो सलेसियनले हालसम्म गरिसकेका युनिसेफका परियोजनाहरुबारे पनि जानकारी दिए। यसबाहेक सामुदायिक रेडियो सञ्चालनबारे निर्देशक फादर पल अनि कार्यक्रम निर्देशक समीर छेत्रीले थप जानकारी दिए। विशेषगरी रेडियो सलेसियनले स्थापनाकालदेखि हालसम्म छोटो अवधिमै पाएको स्थानीय सहयोग र समर्थनबारे पनि थप जानकारी दिए।
स्मरण रहोस् पहाडकै एकमात्र सामुदायिक रेडियोको रुपमा सञ्चालित रेडियो सलेसियनले स्थानीयस्तरमा निकै लोकप्रियता कमाएको छ। रेडियोले नियमित समुदाय विशेष कार्यक्रमहरु प्रसारण गरेर श्रोताहरुको मन जित्न सफल बनिरहेको छ। सरकार अनि गैरसरकारी अन्तर्गतका विविध परियोजनाहरु समयोचित पूरा गरेकै परिणाम स्वरूप अन्तत: युनिसेफ जस्ता विश्ववायी संस्थाका उच्च अधिकारीको भ्रमण साथै उनको सकारात्मक प्रतिक्रिया अघि आएकोमा खुशी व्यक्त गर्दै रेडियोका कार्यक्रम निर्देशक समीर छेत्रीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement