पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बन्दै हर्नबील पार्क र स्काई टावर

IMG-20250609-WA0230

खरसाङ: पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्रविन्दु बनिरहेको छ हर्नबील पार्क र स्काई टावर। तीनधारेदेखि केही मुनिस्थित दुई नम्बरमा रहेको हर्नबील पार्क र स्काई टावर अहिले टाडा नजिकका पर्यटकहरु साथै स्थानीयहरुका लागि मुख्य आकर्षणको केन्द्रविन्दु बनिरहेको छ। विशेष गरेर छुट्टीको समय शनिवार र आईतवार यहाँ निक्कै भीड लाग्ने गरेको देखिएको छ। खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट स्थानीयहरु र पर्यटकहरुका लागि निर्माण गरिएको यो हर्नबील पार्क र स्काई टावरको उदघाटन गत २८ अप्रेल २०२५ को जीटीएको मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको थियो। अहिले यो हर्नबील पार्क पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बनिरहेको छ भने टाडा नजिकबाट पर्यटकहरु साथै स्थानीयहरु धेरै मात्रामा यहाँ आउने गरेको देखिएको छ। सुकना र सिलगढीबाट नजिक भएको कारणले पनि यहाँ छुट्टीको दिन र शनिबार -आईतबार निकै बेसी पर्यटकहरु यहाँ आउने गरेको देखिएको छ। हर्नबील पार्कमा‌ नानीहरुलाई खेल्नलाई केही व्यवस्था गरिएको कारणले पनि नानीहरु पनि धेरै मात्रामा आउने गरेको देखिएको छ।‌

स्थानीयहरु साथै पर्यटकहरु छुट्टी मनाउने साथै घुम्नलाई यहाँ आउने गरेका छन्‌।‌ यस पार्कमा नानीहरुका लागि चाकलचुकुल, पिङ्ग, ट्राम्पोलिन साथै जातीय पोशाक पनि लगाएर फोटो खिँच्ने व्यवस्था पनि गरिएको छ।‌ यसको साथै हर्नबील पार्कमा शान्ता र स्वच्छ वातावरणमा प्राकृतिक सुन्दरताको अनुभव गर्नुको साथै छुट्टीको समय दिनभरि यहाँ आएर समय बिताउन उपयुक्त देखिएको छ। यहाँ हर्नबील पार्क र स्काई टावर दुवैमा मानिसहरुको भीड देखिएको छ किनभने यो पार्क अहिले पर्यटकहरुका लागि साथै स्थानीयहरुका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। तीनधारे र वरिपरिका क्षेत्रमा अहिले यो मुख्य आकर्षणको केन्द्र बनेको छ भने यस क्षेत्रमा एउटा नयाँ आकर्षणीय पर्यटकीय स्थलको मांगलाई पूरा गरेको छ। एक समय यो क्षेत्र २०११ मा तीनधारेमा गएको पैह्रोले अर्कै बनिसकेको थियो भने अहिले आएर यो क्षेत्र पुन: आकर्षणको केन्द्र बनेको छ।‌ विशेष गरेर यस क्षेत्रका लागि दुई नम्बर बस्तीको हर्नबील पार्क र स्काई टावरले हालमा मुख्य भूमिका निर्वाह गरिरहेको छ। मुख्य पर्यटकीय स्थलको रूपमा विकास हर्नबील पार्क र स्काई टावर पहाडमा पञ्चायातीराज फर्केर आएपछि विकासको एक ज्वलन्त उदाहरण मान्न सकिन्छ। किनभने यो पार्कको निर्माण खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट हालैमा निर्माण गरिएको छ। यस पार्क र स्काई टावरलाई स्थानीय तौरमा एउटा समितिले सञ्चालन गरिरहेका छन्।

अहिलेसम्म यहाँ पर्यटकहरु आसाम, झारखण्ड, उत्तराखण्ड, बिहार, कोलकोता, सिलगढी लगायत दार्जिलिङ, कालेबुङ, खरसाङ र वरिपरिका स्थानीय मानिसहरु यहाँ आउने गरेको पार्क सञ्चालन समितिका सभापति सुदन लामाले बताएका छन्।‌ यस हर्नबील पार्क र स्काई टावर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभापति सुदन लामाले खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, पञ्चायत समिति सदस्य साजन दर्जी लगायत अन्यहरुलाई धन्यवाद दिएका छन्‌। उनले यस पार्कसित सम्बन्धित सबैलाई धन्यवाद दिन्दै यसको संरक्षणमा जोड दिएका छन्। उनले यस पार्कमा घुम्न आउने पर्यटकहरु साथै स्थानीयहरु सबैलाई मदपान नगरी आउने तथा पार्कभित्र मदपानलाई पूर्ण रुपमा निषेध गरिएको पनि जानकारी गराएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement