ऐतिहासिक फाइनलमा सिनरलाई पराजित गरी दोस्रोपल्ट फ्रेञ्च ओपनको खिताब जिते कार्लोस अल्काराजले

IMG-20250609-WA0150

पेरिस: स्पेनका कार्लोस अल्काराजले रोलाँ ग्यारोमा ५ घण्टा २९ मिनटसम्म चलेको ऐतिहासिक फाइनलमा फेरि आफ्नो बादशाहत कायम गरे। सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनको इतिहासको सबैभन्दा लामो अनि रोमाञ्चको चरमसम्म पुगेको ५ सेटको फाइनलमा अल्कारेजले शीर्ष वरीयता प्राप्त इटलीका यानिक सिनरलाई सुपर टाईब्रेकरमा ४-६, ६-७ (४), ६-४, ७-६ (३), ७-६ (१०-२)-ले पराजित गरी लगातार दोस्रोपल्ट च्याम्पियन बन्ने गौरव हासिल गरे। यो उनको लगातार दोस्रो फ्रेञ्च ओपन अनि समग्रमा पाँचौं ग्राण्ड स्ल्याम खिताब हो। खेलमा जुझारुपन के हुन्छ भन्ने फिलिप चेटियर कोर्टमा २२ वर्षीय अल्काराजले देखाए। चौथो सेटमा सिनरको पक्षमा ३ म्याच पोइण्ट थियो। त्यस समय सिनर ४९ सालपछि फ्रेञ्च ओपनको खिताब जित्ने इटलीका पहिलो खेलाड़ी बन्ने लागिरहेको थियो तर अल्काराज चाहिँ अलग मूडमा थिए। उनले ०-४० ले पछाड़िएपछि ३ म्याच पोइण्ट बचाउनको साथै सेटलाई ५-५-को बराबरीमा पुऱ्याए। उनले पछिबाट सेट ७-३-ले टाई ब्रेकरमा जितेर म्याचलाई २-२-को बराबरीमा पुऱ्याए। पाँँचौं सेटमा सिनरले ५-४-को स्कोरमा अल्कारेजको सर्विस तोड़ेर म्याचलाई सुपर टाईब्रेकरसम्म पुऱ्याए, जसमा स्पेनिश खेलाड़ीले १०-२-ले जीत हासिल गरे। निर्णायक पोइण्ट जितेपछि उनी कोर्टमा लड़े। उनको आँखामा आँसु स्पष्ट देखियो।
फाइनल यस्ता दुईजना खेलाड़ीबीच खेलिएको थियो, जसले यसअघि कहिले कुनै ग्राण्ड स्ल्याम फाइनलमा हारको सामना गरेका थिएनन्। अल्काराज गत ४ र सिनर ३ पल्ट फाइनलमा पुगेर खिताब जित्न सफल भएका थिए। यसपाली दुई शीर्ष खेलाड़ीबीच भएको फाइनलमा अल्काराजले आफ्नो श्रेष्ठता साबित गरे अनि सिनरले पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको फाइनलमा हारको सामना गर्नु पऱ्यो। सिनरको निम्ति फाइनलसम्मको यात्रा सपना झैं रहेको थियो। उनी एउटा सेट पनि नहारी फाइनलमा पुगेका थिए तर खिताबी भिड़न्तमा अल्काराजले उनको समस्त समीकरण बिगारे। २०२१ फ्रेञ्च ओपनको फाइनलमा पनि यस्तै लड़ाइँ भएको थियो, जब नोवाक जोकोविचले ग्रीसका स्टेफानोस सितसिपासविरुद्ध पहिलो २ सेट गुमाएपछि अन्तमा ६-७, २-६, ६-३, ६-२, ६-४-ले म्याच जितेका थिए। चार सालपछि अल्काराज रर सिनरबीच फाइनलले त्यसभन्दा अधिक उँचाई हासिल गऱ्यो। फ्रेञ्च ओपनको इतिहासमा यसभन्दा अघि सबैभन्दा लामो फाइनल म्याचको रेकर्ड १९८२-मा दर्ता गरिएको थियो। त्यस समय मेट्स विलेण्डर र गुलेरिमो विलासबीच खेलिएको फाइनल म्याच ४ घण्टा ४२ मिनटसम्म चलेको थियो। यसपाली चौथो सेटमा अल्काराजले जसरी पुनरागमन गरे त्यसलाई टेनिस इतिहासको सुनौलो पानामा दर्ता गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement