स्टटगार्ट (जर्मनी): फ्रान्सले शक्तिशाली जर्मनीलाई पराजित गरी यूएफा नेशन्स लीग फूटबल टुर्नामेण्टमा तेस्रो स्थान हासिल गऱ्यो। फ्रान्सलाई यादगार जीत दिलाउनमा कप्तान कीलियन एम्बाप्पेले असाधारण भूमिका निर्वाह गरे। टुर्नामेण्टको तेस्रो स्थानको म्याचमा फ्रान्सले जर्मनीलाई २-०-ले पराजित गऱ्यो। म्याचमा रियल म्याड्रिडका स्टार फरवर्डले एक गोल गर्नको साथै टीमलाई दोस्रो गोल दिलाउनमा सहायकको भूमिका निर्वाह गरे। आफ्नो होम ग्राउण्डमा ५६ प्रतिशत पोजेशनको साथ खेल्दै जर्मनीले म्याचको पहिलो हाफमा लगातार प्रयास गरे पनि गोल गर्न सकेन। मध्यान्तरको ठीक अघि फ्रान्सले गोलको खाता खोल्यो। अरेलियन चोउमेनीको सटीक पासमा एम्बाप्पेले गोल गरी फ्रान्सलाई १-०-को बढ़त दिलाए। त्यसपछि एम्बाप्पेको बनाएको मौकामा सब्स्टीट्यूड खेलाड़ी माइकल ओलिसले ८४औं मिनटमा गोल गरी फ्रान्सको जीत सुनिश्चित गरे। यसअघि टुर्नामेण्टको सेमिफाइनलमा फ्रान्सलाई स्पेनले अनि जर्मनीलाई पोर्तुगलले पराजित गरेको थियो।