चानमारीमा योग सचेतना कार्यक्रम

IMG-20250608-WA0310

गान्तोक: राज्य सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागअन्तर्गत राष्ट्रिय आय़ुष मिशनले चानमारीमा योग समावेश कार्यक्रम आयोजन गऱ्यो। चानमारीको पुर्नावास केन्द्र र बालगृहमा सम्पन्न भएको कार्यक्रममा अन्तर्राष्ट्रीय योग दिवसबारे जानकारी दिइएको थियो। कार्यक्रममा स्वास्थ्य जाँच, स्वच्छता, पोषणमाथि एक सचेतना कार्यक्रम पनि आयोजना भएको थियो। यस अवसरमा आयुषको तर्फबाट विभिन्न प्रकारको रोगको जाँच पछि औषधि वितरण गरियो। उक्त कार्यक्रममा होमियोपेथी चिकित्सक यमुना शर्मा र सुमीरण तामाङ लगायतको टोलीले १९८ जनाको जाँच गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement