गान्तोक: विद्या भारती सिक्किम प्रान्त कार्यालयले हापुरमा अध्ययनरत बालिका र अभिभावकहरूसँग समन्वय बैठक आयोजन गऱ्यो. यस क्रममा सरस्वती वन्दना, परिचय, अनुभव आदानप्रदान, विद्या भारतीको कार्य उद्देश्य, छात्रावास व्यवस्थापन, शैक्षिक गुणहरू, विभिन्न चलिरहेका गतिविधिहरू, संस्कार र कौशलात्मक विषयहरूमा छलफल गरिएको थियो। यस क्रममा बालिकाहरूद्वारा सामुहिक गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अरुण उदय नामक स्मारिका विमोचनबारे पनि छलफल गरियो। यसबीच विद्यालय र छात्रावासको सकारात्मक कार्यप्रणालीको बारेमा पनि छलफल गरिएको थियो। विद्या भारती सिक्किम प्रान्तले यस शैक्षिक संस्थामा २५ जना बालिकाहरूलाई अध्ययन गर्न पठाएको छ। विद्या भारतीद्वारा सञ्चालित यो बहुआयामिक विद्यालय परियोजना देशको प्रतिष्ठित शैक्षिक केन्द्रका रुपमा रहेको छ।